अपिल :-
आदरणीय दिदिबहिनी तथा दाजुभाई, ‘नागरिकप्रिय’ पत्रकार रवि लामिछाने थुनामा रहेको ५ दिन अबधी अबको केहि घण्टामा सकिंदैछ । तर, सरकारका सम्बन्धित निकायले अझै म्याद थपेर धेरै दिन थुनामा राख्ने योजना बनाएका छन् । यो अबधीमा हामीले काठमाडौंदेखि चितवनसम्मको सुक्ष्म अध्ययन गरेर यो कुरा सार्बजनिक गर्न बाध्य भइरहेका छौं । हामी यो अबधीमा निकै शान्तिपुर्ण तरिकाले प्रस्तुत भइरहेका थियौं र छौं । किनकी ५ दिन भित्र पत्रकारद्धय लामिछाने र युबराज कंडेललाई बयान लिएर रिहा गर्ने आसा थियो । तर, तत्काल रिहा हुने संभावना निकै कम देखिएको संभावनाहरु बढेर गएका छन् ।
१, अहिले चितवन अदालत र चितवन प्रहरी पर्दा बाहिर देखिएपनि सम्पुर्ण प्रक्रिया र निर्णयहरु काठमाडौ स्थित सरकारी अड्डाहरुका मुख्यालयबाट संचालित छ । यहि योजना अन्तर्गत विना जाहेरी दरखास्त उनिहरुलाई पक्राउ गरियो । घटनास्थल भएको आधार देखाएर चितवन पुर्याइयो ।
२, मृतक शालिकराम पुडासैनीको परिवारबाट हिजो मात्र काठमाडौं प्रहरीमा उजुरी परेको छ । अब प्रहरीले यहि उजुरीको मितिको आधारमा फेरि अर्को थुनामा राख्ने म्यादको अनुमति अदालतसंग माग्ने तयारी थालेको छ ।
३, प्रहरी हिरासत अबधी लम्ब्याएर रवि जिलाई जेल चलान गर्ने खेल शुरु भइसकेको छ । जुन पर्दा भित्र रवि जिलाई सिद्ध्याउने खेल थियो । उनिहरुले जेल चलान गरेर नैतिक पतन भएको घोषणा गर्ने तयारीमा लागेका छन् । नैतिक पतन सावित गरेर भबिस्यमा सरकारी र सार्बजनिक काममा अयोग्य घोषित गर्न डर लाग्दो योजना रवि जि का बिरोधीले बनाइरहेका छन् । यहि कारणले काठमाडौं स्थित सरकारका उच्च अधिकारीहरु यसमा ठुलो दवावमा परेका छन् ।
४, सरकारले यसलाई राजनीतिकरण गर्न चाहिरहेको छ । त्यसैले, हिजो चितवनका मुख्य दलहरुले रवि जि समर्थनको आन्दोलनलाई निरुत्साहित गर्ने निर्णय गरिसकेका छन् ।
५, मृतक पुडासैनीको न्यायका लागि र परिवारको पीडालाई आधार बनाएर रवि जि बिरुद्ध बिभिन्न प्रमाणहरु संकलन गर्ने, बिरोधी जमात बढाउने, सामान्य टिभी कार्यक्रम न हो भन्दै त्यसलाई बन्द गराउने, भबिस्यमा सार्बजनिक ओहोदा जान आयोग्य सावित गरिदिने, गैरपत्रकार प्रमाणित गरिदिने र बढ्दो जनमतलाई भड्काएर दोषी करार गर्ने काम तिब्र रुपमा भइरहेको छ ।
रवि बिरोधीले किन यो गरे ?
१, दलहरुका भ्रष्ट नेता र भ्रष्ट सरकारी कर्मचारीलाई रवि जिको कार्यक्रम ‘सिधा कुरा’ टाउको दुखाई बनेको थियो
२, केहि पुराना पत्रकार, दल निकट पत्रकारलाई रवि जिको लोकप्रियताले ‘दिनको भोक न रातको निद’ बनाएको थियो ।
३, मिडियाको ब्यबसायी प्रतिश्पर्धाले ‘सिधा कुरा’ कार्यक्रम प्रति एकथरिको गिद्धे दृष्टि थियो । ४, रवि जिलाई कारवाही गरेको देखाएर अन्य यस्तै लोकप्रिय काम गर्ने संचारकर्मीलाई स्थायी रुपमा तर्साउने योजना थियो ।
५, मिडिया र मिडियाकर्मीलाई कानुनी दायरामा ल्याउने बहानामा रवि जि माथि आक्रमण गर्ने पहिलो परिक्षण थियो ।
त्यसैले, रवि जिको रिहाई र शालिकराम पुडासैनीको मृत्युको सत्यतथ्य बिबरण सार्बजनिक तुरुन्त गर्न माग गर्दे देशभर आन्दोलनको बिकल्प छैन । अब सबै आआफ्नो स्थानबाट भुमिका खेल्ने हो । आफ्ना बाध्यता भएपनि रवि जिको रिहाईका लागि आफ्नै स्थानमा बसेर केहि न केहि गरौं ।