गृहमन्त्री रामबहादुर थापा (बादल) ‘कामचोर’ ठेकेदारहरुको खोजीमा छन् । जिल्ला-जिल्लाबाट सूची मगाएका उनी आजभोलि जहाँ पुग्छन्, ‘कामचोर’ ठेकेदारहरुलाई जेल हाल्ने चेतावनी दिन छाड्दैनन् ।
तर, प्रतिनिधिसभामा सत्तारुढ दलकै रोमा बसेका कामचोर ठेकेदारतिर भने उनको आँखा परेको छैन । हो, ठेक्का लिएर वर्षौंसम्म काम नगर्ने निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण प्रसाद रौनियार संघीय समाजवादी फोरमका सांसद हुन् । संघीय फोरम अहिले सरकारमा छ ।
