
सरीता दानकोटी उमेरले भर्खर एकाइसौ बसन्तको पालुवामा आफुलाई उभ्याइरहेकी । नुवाकोट निवासी भएता पनि कर्म क्षेत्र सुन्दर नगरि पोखरालाई अप्नाउदै कला र कलाकारितामा आफ्नो लक्ष्य प्राप्तिका लागी निरन्तर प्रायसरत छिन सरीता ।

नृत्यलाई पहिलो प्रथमिकतामा राखी कलाको यात्रालाई निरन्तरता दिइ रहेकी सरीताले थुप्रै म्युजिक भिडियोमा समेत आफ्नो प्रतिभा प्रदर्शन गरिसकेकी छिन । 
पढाइको सिलसिलामा पोखरा पुगेकी सरीताले कलाकारितामा आफ्नो छुट्टै पहिचान बनाइ देशको गहनाको रुपमा आफुलाई चिनाउने अठोत समेत लिएकी छिन ।
रियो छमछमीको सिजन ४ मा समेत उनले भाग लिएकी थिईन् ।
