छोटो समयमै नेपाली साङ्गेतिक आकाशमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका प्रीया सेन्चुरिको जन्म स्थल ओखलढुङगाको रावादोल मा भएको हो ।

सानै उमेर देखी जुनै पनि गीत हरु गुन गुनाउने र त्यस्लाई तुरन्तै गाएर सुनाउन सक्ने भएर होला बुबा आमाको साथ र सहयोगका साथै दिदि सिता माझी र दाइ दिपक सेन्चुरिले मेरो हर इच्छालाई साथ दिनु भयो जस्को कारण आज म यहाँ सम्म आइ पुग्न सफल भएकी छु ।

जन्मभुमि छोडेर काठमान्डौ आएको तिन् बर्षको अन्तरालमा तिन दर्जन् जति गितहरु गाइ सकेको छु एक दर्जन जति मैले गायका गीतहरुको म्युजिक भिडियो बनि सकेको छ ।
म आफ्नो कर्म र मेहनतमा बिस्वाश गर्छु जस्को कारनले गर्दा म आज यो स्थानमा पुगेको छु र मलाइ जो जहा जुन स्थानमा रहेर साथ र सहयोग गर्नु हुने मेरा समस्त मित्रहरु प्रति म नम गर्दछु ।
जो साङ्गेतिक छेत्रमा नया आउने कलाकारहरुलाइ हेयको नजर बाट हेर्ने जुन परिपाटि छ त्यो सारै दुख दायक् रहेको छ ।
म कयौ चोटि रेकर्डिङ्ग् स्टुडियो बाट रुदै घर फर्केछु अनि आफ्नै मनलाइ समाल्दै तर पनि म कहिल्यै हारेन र निरास पनि भ इन सायद त्यसैको परिनामको फल हुनु पर्छ ।