काभ्रे (बनेपा) – प्रेस संगठनले काभ्रेका पत्रकारहरुलाई स्वास्थ्य तथा खाद्यान्न सामाग्री वितरण गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको संक्रमण फैलिरहेको अवस्थामा अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरुलाई प्रेस संगठन नेपाल काभ्रेले स्वास्थ्य सामग्री र खाद्यान्न आज शनिबार वितरण गरिएको हो । संगठनले व्यवसायी र संघ संस्थाहरुको सहयोगमा पत्रकारहरुलाई उक्त सामग्री वितरण गरेको हो ।
संगठनले जिल्लामा रहेर विभिन्न सञ्चारमाध्यममा रहेर कोरोना प्रभावको बेलामा पनि अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरुलाई सहयोग स्वरुप स्यानिटाईजर, मास्क, भिटामिन क्याप्सुल र साबुन लगायतका स्वास्थ्य सामग्री वितरण गरेको संगठनका अध्यक्ष रामकृष्ण बञ्जाराले बताए । ‘अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरुका लागि सहज होस् भन्ने उद्धेश्यले विभिन्न संघ संस्थाको सहयोगमा संगठनले करिब ३९ जना पत्रकारहरुलाई उक्त सामग्री बितरण गरेको जानकारी अध्यक्ष बन्जाराले बताउनु भएको छ । उनले भने निषेधाज्ञाको समयमा गाउँबाट पत्रकारिता पेशाको लागि सहर आएर भाडामा बस्ने १३ जना पत्रकारहरुलाई सहयोग स्वरुप खाद्यान्न वितरण गरेका छौं ।
ईस्क्रा कन्स्ट्रक्सन प्रा.लिका प्रोपाईटर टिका बहादुर तामाङ, दीप लक्ष्मि एग्रीगेट एण्ड मिनिङ प्रा.लिका सहकारीकर्मी राजन अधिकारी, व्यवसायीहरु कृष्णहरी आचार्य, प्रेम चौलागाई, विकास खनालको सहयोगमा पत्रकारहरुलाई उक्त सामग्री वितरण गरेको संगठनले जनाएको छ । सहयोगको लागि पुण्यवती यातायात प्रा.लिका अध्यक्ष राजेश सुन्दर सैँजुमार्फत भिटामिन क्याप्सुल र पनौती नगरपालिका वडा नं.१२ का वडा अध्यक्ष ईश्वर जंगमले मास्क उपलब्ध गराएका थिए