
काठमाडौं, ‘सर्जक सम्मान २०७५’ कार्यक्रममा बिभिन्न क्षेत्रमा रहेर एक दशक भन्दा बढि समय बिताएका ब्यक्तिहरुलाई ‘सर्जक सम्मान २०७५’ बाट सम्मानित गर्न लागेको जानकारी आयोजक संस्था नेपाल मोडलिङ संघका केन्द्रीय अध्यक्ष दिनेश शाहीले बताउनु भएको छ ।
अमेरिकामा पनि शाखा बिस्तार गरेको खुसी साट्ने उदेश्यले आयोजना गर्न लागिएको यस कार्यक्रममा मोडलका साथै अभिनेता अभिनेत्री, गायक गायिका, संगीतकार , चलचित्रका निर्देशक, पत्रकार, सौदर्य ब्यवसाहिका साथै राष्ट्रिय स्तरका खेलाडीहरुलाई सम्मान गरिने भएको छ ।
संघले आगामी नोभेम्बरमा अमेरिकामा आयोजना हुने नेपाल मोडलिङ अवार्ड २०७५ को पनि बिभिन्न पक्ष’ बाट जानकारी गराउने जनाएको छ ।
ललितपुरको कुपन्डोलमा रहेको नेपाल मोडलिङ संघले अमेरिकाको ब्रुमफिल्ड कोलराडोमा नवराज श्रेष्ठको अध्यक्षमा आफ्नो साखा बिस्तार गरेको हो । श्रेष्ठ युएसए चलचित्र संघका अध्यक्ष पनि हुन् ।
देशको सातै प्रदेशमा साखा बिस्तारको तयारी समेत गरेको संघले अमेरिकाको साखासँगको सहकार्यक्रम अमेरिकामा अवार्ड गर्न लागेको हो । मोडलिङमा लागेकालाई प्रेरणा र हौसला प्रदान गर्ने उदेश्यले संघले अवार्ड आयोजना गर्न लागेको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भएको छ ।
‘सर्जक सम्मान २०७५’ मा निम्न ब्यक्तित्वहरु सम्मानित हुनुहुने छ
शिब श्रेष्ठ, कृष्ण मल्ल, अर्जुन कार्की, बशुन्धारा भुसाल्, भुवन् चन्द, चैत्य देबि, पुरन जोशी, शर्मिला मल्ल, सुशिल बराल, प्रीयन्का कार्की, सुभेच्छा थापा, पुजना प्रधान, दिपशिका खड्का, राम केसर बोगती, रबिन्द्र खड्का, नवल खड्का, रमेश बुदाथोकी, निखिल उप्रेती, लछ्मी गिरी, समन अधिकारी, बर्षा शिवाकोटी, डिबि बम्जन, बिशाल बिष्ट, एसके श्रेष्ठ, सुनिल कटुवाल, एलीजा गौतम, शिवम् शाक्य, रबि गिरी, छबिराज ओझा, आयुष्मान देसराज, आशिर्मान देसराज, प्रताब दास, रबिना देसराज, अन्ना शर्मा, शोभित बस्नेत, प्रशान्त ताम्राकार, जयन सुब्बा मानन्धर, बिकाश खतिवडा, आयुशी शाह, निराजन थापा, रुबि राना शाह, उशा खड्गी, रचना शर्मा गुरुङ्ग्, धिरज तन्डुकार, यसराज गतराज, बिनोद सिङ्ग्, बिजय श्रेष्ठ, मनिश शाक्य, दिपेन्द्र डङोल, रमिता भन्डारी, माल्बिका सुब्बा, सदिछ्या श्रेष्ठ, राजभाइ सुवाल, महेश प्रधान, सन्जय रौनियार, दिपक घिमिरे, अनुप सक्सेना, प्रासन्ना पाण्डे र जीवन खड्गी आदि रहेका छन् । केहि ब्यक्तित्वहरु थप हुन सकिने समेत आयोजक सन्स्था ले जानकारि दिनु भएको छ ।