नेपालि कलाकारिता क्षेत्रमा एक चिरपरिचित नाम हुन सुमी खड्का । पछिल्लो समयमा आफुलाइ म्युजिक भिडियोमा सफल नायिकाको रुपमा उभ्याउन सफल भएकि छिन । काभ्रेपलान्चोक जिल्लाको सागामा जन्मिनु भएकि मोडल सानै सुमी खड्का सानै देखि केहि न केहि नौलो र नया कार्यमा आफुलाइ सकृय बनाउन मन पराउन्छिन ।
नाच्न गाउन र अभिनय गर्न भने पछि हुरुक्कै हुने सुमी खड्का स्कुल कलेजमा हुने प्राय कार्यक्रममा सहभागि भए कै हुन्छिन् । पारिवारिक पृष्ठमा आफ्नो रुचि कलाकारितामा देखेर होला घर परिवारले पनि पुर्ण रुपमा साथ दिएको उनि निर्धक्क साथ बताउन्छिन ।

उनि भन्छिन यदि परिवारले साथ नदिएको भए आफ्नो परिचय मोडलको रुपमा नभै कुनै सिमित नाममा मात्र रहने थिए र परिवार इष्ट मित्र नातागोताले मात्र सुमी भनेर चिन्थ्य होला । जे जस्तो भए पनि मेरो परिवारले म भित्रको कला लाइ चिनेर साथ दिनु भयो यो नै मेरो लागि परिवारको उपहार हो उनि भन्छिन ।
बिगत ४ बर्षदेखि नेपालि कलाकारितामा प्रबेश गरेकि सुमीले यति छोटो समयमै आफुलाइ ब्यस्त बनाउन सफल भएकि छिन । हुने बिरुवाको चिल्लो पाट भने झै पहिलो कार्य बाट नै आफ्नो कामको वाहि वाहि पाएकि सुमीले म्युजिक भिडियो हात झिक्नु परेको छैन उनि बताउन्छिन । हसिलो अनुहार मिजासिलो र सस्कारि स्वभाबकि सुमीको शारिरिक बनावत पनि स्वर्गकि परि भन्दा कम छैन । जो सङग पनि छिट्टै मिल्न सक्ने भएर होला प्राय कलाकाररितामा सबैको प्रीय नै छिन उनि ।
मोडलिङ्ग का साथै उनि एक सफल प्रस्तोता पनि हुन । रेडियो जनसन्चार एफएम बाट पनि धेरै श्रोताको मन मष्टिष्कमा छाउन सफल भएकी छिन । यति हुदा हुदै उनि पनि समय र परिस्थितिले गर्दा आफ्नो कार्य क्षेत्र लाइ केहि समयको लागि थाति राखेर बिदेसिइन । बिदेश मा रहेता पनि आफ्नो मोडलिङ्ग् लाइ भने निरन्तरता नै दिइन् । उनि अभिनित म्युजिक भिडियो तिम्रो कसम यु ट्युबमा हेर्न सकिन्छ ।