अटो नेपालका प्रवन्ध निर्देशक तथा लाईन्स क्लब अफ काठमाण्डौ सोसियल फ्रेन्डसको अध्यक्ष एव बिबेकशिल साझा पार्टीको काभ्रे जिल्ला संयोजक भुषण कुमार श्रेष्ठको सयोजकत्वमा अति विपन्न, दैनिक ज्यालादारी काम गर्ने, मजदुर, श्रमिक,अपाङ्ग अशक्त लगाएतका नागरिकहरुलाई लक्षित खाध्यान्न वितरण अभियान सञ्चालन गरेको छ ।
सो अभियान अन्तर्गत अहिले सम्म काठमाडौं, काभ्रे, ललितपुर, भक्तपुरमा सहयोग गरेको जानकारी सयोजक भुषण कुमार श्रेष्ठले जानकारी दिनु भएको छ ।
आफ्नो र आफ्नो परिवारको ज्यान जोखिममा राखेर गरिएको पवित्र सेवालाई साहसीको सज्ञा दिनु हुने श्रेष्ठले कुनैपनि बहानामा र अनाहकमा कोही कसैलाई दुख नदिन पनि प्रहरी प्रशासनलाई अनुरोध गर्नु हुन्छ । कोरोना महामारिको यस्तो बिषम परिस्थितिमा अत्याबश्यक काम बाहेक घर बाहिर ननीस्किन आम नगरिकहरुलाई अनुरोध गर्दै उहा भन्नु हुन्छ यस्तो बेलामा बिना कारण घरबाट बाहिर निस्कनु असभ्य हुनु हो, देश प्रति नै घात गर्नु हो ।
र यो पनि : अटो नेपालका प्रबन्ध निर्देशक भुषण कुमार श्रेष्ठ सङग् गरिएका बिषेश अन्तरवार्ता spr creation nepal online TV मार्फत प्रशारण हुदैछ । https://youtu.be/GmAGSdN3Qg0
