
काठमाडौं । शालिकराम पुडासैनी आत्महत्या दुरुत्सान मुद्दाका अभियुक्त रवि लामिछाने सहित तीन जना मध्य रुकु भनिने शुश्मिता कार्किको थुनछेक बहस सकिएको छ । आज जिल्ला अदालतमा युवराज कडेल र रबी लामिछानेको थुनछेक बहस सुरु हुने छ यदी आज थुनछेक बहस सकिएको खण्डमा आजै अदालतले निर्णय सुनाउन सक्ने छ ।
आज बिहानै देखी प्रहरी लाई स्टाण्ड्मा रहर निर्देशन दिएका छन भने केहि झाप्द हुने स्थानहरुमा भरतपुर प्रशासनले निशेषाज्ञा जारी गरिएको छन । केहि स्थानहरुमा रबी समर्थक र प्रहरी बिच झापाद भएक्को छ स्थितिलाई नियन्त्राणामा लिन प्रहरिले अश्रुगास प्रयोग गरिकाछन । रविको समर्थनमा रहेका सर्वसाधारणको भीड चितवनमा बढ्दै गएको छ । आइतबार साँझ समर्थकको भीडले प्रहरीमाथि आक्रमण गर्यो । बहस पछि हुने मुद्दाको सुनुवाइबाट आउने फैसलाबाट भीडको उत्तेजना झन बढ्ने देखिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले निश्चित स्थान तोकेरै कर्फ्यु लगाएको हो । थुनछेक बहसपछि रविलाई साधारण तारेख, धरौटीमा रिहा वा पुर्पक्षका निम्ति जेल चलानको आदेश मध्य एक आदेश आउने निश्चित छ ।अदालबाट आउने जुन सुकै नतिजाले पनि भीड अनियन्त्रित हुने देखिएकोले कर्फ्यु लगाउनु परेको चितवन जिल्ला प्रशासन कार्यालय स्रोतले बतायो ।