पनौती, धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीको परिवारमा संक्रमण देखिएको छ । पनौती ९ भण्डारी गाउँ घर भएकी स्वास्थ्यकर्मीको परिवारमा ३ जना र पनौती ५ चौकोट घर भएका एक कर्मचारीको परिवारका एक जनामा संक्रमण देखिएको हो । अर्का एक जना ब्यक्ति बनेपाबाट पनौती स्वाब परिक्षण गराउन पुगेका थिए । उनमा पनि पोजेटिभ देखिएको छ । अर्का एक ब्यक्ति स्वास्थ्यकर्मी छन् । उनि सम्पर्क ब्यक्तिको स्वाब संकलनमा खटिएका थिए । हाल सम्म काभ्रेपलाञ्चोक जिल्लामा संक्रमितको संख्या १ सय ६२ पुगेको छ । जस मध्ये ६३ जना निको भएर घर फर्किएका छन् भने २ जनाको निधन भएको छ ।
मंगलबार एकै दिन १७ जना संक्रमित थपिएका छन् । यस अघि एकै दिन ३५ जनासंक्रमित थपिएका थिए । मंगलबार थपिएका संक्रमितहरु मध्ये बनेपा १३ साँगामा एकै परिवारका पाँच जनामा पोजेटिभ देखिएको छ । उनको परिवारमा यस अघि पोजेटिभ देखिएको थियो । उनी नगरपालिकाको आईसोलेसनमा उपचारार्थ छन् । बनेपा नगरपालिका वडा नम्वर ७ भिमसेनस्थानमा डेरा गरी बस्ने २४ बर्षकी महिला छिन् । उनी गर्भवती थिईन् । गर्भ रहेको महिना पुगेपछि सुत्केरी हुन बनेपाको शिर मेमोरियल अस्पताल भर्ना भएकी उनीमा कोरोना पोजेटिभ देखिएको हो । भुम्लुमा वडा अध्यक्षको श्रीमती र स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । यस अघि अस्पतालमा कार्यरत २७ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो ।