बिश्वब्यापी महामारिको रुपमा रहेको कोरोना भाइरस कोभिड १९ को सन्क्रमन नियन्त्रण लाई थप प्रभाबकारी बनाउन पनौती नगर पालिका क्षेत्र ४ दिनको लागी लागि शिल गरिने भएको छ ।
पनौती नगरपालिकाले नगरभित्र कोरोना भाइरस संक्रमण रोकथाम एवं नियन्त्रणका लागि जेठ ८ गते सनिबार राती १२ बजे देखि जेठ १२ गते राती १२ बजेसम्म नगरपालिकाको सम्पूर्ण क्षेत्र शिल गर्ने निर्णय गरेको छ ।
नगरभित्र समुदायस्तरमै कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण तीब्ररुपमा बढ्दै गएपछि शिल गर्ने निर्णय गरिएको पनौती नगर प्रमुख भिम न्यौपानेले जानकारी दिनुभयो ।
यो अवधिमा अस्पताल , औषधि पसल, र अन्य स्वास्थ्य संस्था/स्वास्थ्य सेवा प्रदायक र पशु औषधि पसल बाहेकका अन्य खाद्यान्न पसल, तरकारी , दुधजन्य पदार्थ , मासुजन्य , फलफूल र अन्य कुनै पनि ब्यवसयिक पसलहरु शिल गरिएको अवधि भर पूर्ण रुपमा बन्द गर्न नगरपालिकाले अपिल गरेको छ ।
शिल गरिएको अवधिमा नगरबासिहरुलाई अत्याबश्यक काम बाहेक आफ्नो घर बाहिर न निस्किन समेत अपिल गरिएको छ । यदी सुचनाको अवज्ञागरिएमा नियन्त्रणमा लिइ कारवाही प्रक्रीया अघी बढाउन सकिने समेतको ब्यहोरा नगरबासिको नाममा नगर पालिकाले अपिलमा उल्लेख गरिएको छ । यस्तै बैंक, सहकारी, बिमा कम्पनी लगायतका वित्तीय संस्थाहरु शिल गरिएको अवधिभर पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ ।