बिगत ३ दसक देखि कलाकारिता क्षेत्रमा आफ्नो कला प्रदर्शण गर्दै आउनु भएका कलाकार तथा निर्माता पदम कार्कि को लेखनमा हास्य टेलि शृखला “छक्क” डिस होस टेलिभिजनको कमेडि प्लसको च्यानल नम्बर १०७ बाट हरेक् सुक्रबार बेलुका ९ बजे प्रसारण हुने भएको छ ।
समसामायिक बिषय बस्तु माथि ब्यङ्गात्मक रुपमा प्रस्तुत हुने हास्य शृखला छक्क मा प्रमुख कलाकारमा पदम कार्कि का साथ सनत अन्जाम,सुश्मिता खाटि, लक्ष्मि श्रेष्ठ, कल्पना कार्कि, शिब बन्जारा, शरण सपकोटा, सुनिल बर्देवा, हरि पुडासैनि,ज्योशिला, रोशन डोर्जे लामा, गौरि आले ,पुजा आले, टि एन् आले, गोपाल सारु मगर,आरति लामा र रचना पौडेल् रहेका छन ।
एसपिआर कृयसन नेपाल डटकमको ब्यबस्ठापनमा निर्माण हुने उक्त हास्य टेलि शृखला छक्कको निर्देशन र सम्पादन राम नेपाल रहनु भएको छ भने क्यमरामा सन्तोस सुनार शृगारमा सन्जय लामा रहनु भएको छ ।
त्वाक्क टुक्क बाट कलाकारितामा प्रबेस गर्नु भएका कलाकार पदम कार्किले ५२ घुस्सा ५३ ठक्कर देखि हर्के हवल्दार सम्मको हास्य टेलि शृखलामा आफ्नो कुसल अभिनय देखाइ सक्नु भएका कार्किले यस हास्य टेलि शृखला “छक्क” मा स्वर संगित र सब्द पनि स्वयम पदम कार्कि कै रहेको छ ।