मकवानपुर कि लक्ष्मी उप्रेती अहिले पेसाले ब्युटिसियन हुन । सालिन भद्र स्वभाव कि उनि निक्कै सुन्दरी र प्रतिभावान अनि मेहनती पनि उत्तिकै छिन ।
कलाकारिता बाट आफ्नो छुट्टै पहिचान बनाउनकै लागि आफ्नो जन्मस्थान छोडेर काठमाडौको भोटेबहालमा रहदै आएकी उनी एतिबेला छुट्टै आफ्नै पहिचान बनाउने जमर्को गरीरहेकी छन ।
आफ्नो शोक र भबिस्य यहीँ कलाकारिता क्षेत्रमा देखेकी लक्ष्मि अहिले लक्ष्य प्राप्ति को लागि निरन्तर लागिरहेकी छन ।
बालापन देखिनै नृत्य कला बाट विद्यालय स्तर देखिनै प्रसम्सा र हौसला पाएकी उनी त्यहि नृत्यका साथै मोड्लिङ्गमा आफ्नो पहिचान बनाउन मेहनत गरिरहेको बताउछिन् । यो क्षेत्र बाट पहिचान बनाउन लाई परिवारीक साथ र सहयोग पनि उत्तिकै रहेकोले आफू त्यो आपेक्षित गन्तव्यमा पुग्नेमा आसाबादी छिन ।

अहिलेसम्म आधा दर्जनभन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी लक्ष्मी एतिबेला विभिन्न स्थानमा हुने स्टेज कार्यक्रमहरुमा सरिक हुदै एस पि आर क्रीयसन नेपाल डट कम को प्रस्तुतिमा रहेको र जीवन खड्गीको निर्देशनमा निर्माणधिन हास्य टेलि श्रीखला जाली माकुरीमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने तयारीमा रहेकी लक्ष्मि अभिनय सङै म्युजिक भिडियोहरुमा समेत ब्यस्त रहेको बताउछिन् ।
