काठमाडौं : सर्वोच्च अदालतले नायिका शिल्पा पोखरेल लाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। सर्वोच्चको यो आदेशले तत्काल पक्राउ कार्य हाललाइ अर्को आदेश जारी नहुन्जेल सम्मको लागि रोकिने छ ।
घरेलु हिंसा बाट सुरु भएको छवि र शिल्पा बिचको वैवाहित विवादको सम्बन्धले सम्बन्ध बिच्छेद सम्मको अवस्था शृजना भएको थियो । 
छवि र शिल्पाबिचको सम्बन्ध नसुल्झिन्दै छबिकी जेठि श्रीमती हेमा ओझाले महानगरी बृत गौशालामा छवि र शिल्पा विरुद्ध जाहेरी दिएकी थिइन । जाहेरिका आधारमा जिल्ला अदालतले पक्राउ गर्न अनुमती दिए पछि शिल्पा उच्च अदालत पाटन पुगेकी थिइन् । जिल्लाको निर्णय लाई नै उच्च अदालतले सदर गरेको थियो । उच्च र जिल्ला अदालतको आदेशको पक्षमा निर्णय दिएपछि शिल्पाले सर्वोच्चमा निवेदन दिएकी हुन्।
सर्बोच्चले नायिका शिल्पा लाई तत्काल पक्राउ नगर्न प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको एकल इजलासले भदौ १५ गतेसम्मका लागि आदेश दिएको हो।
सर्वोच्चले भदौ १५ गते दुबै पक्षबीच छलफल गराउने भएको छ। त्यसपछि मात्र पक्राउ गरी अनुसन्धानका लागि थुनामा राख्न मिल्ने नमिल्ने विषयमा टुंगो लाग्ने छ।