बिश्वब्यापी महामारिको रुपमा रहेको कोरोना भाइरस कोभिड १९ को सन्क्रमन नियन्त्रण लाई थप प्रभाबकारी बनाउन पनौती नगर पालिकाले नगरभित्र कोरोना भाइरस संक्रमण रोकथाम एवं नियन्त्रणका लागि पनौती नगर पालिका क्षेत्र मिती २०७८ जेष्ठ ८ गते राती १२ बजे देखी जेष्ठ १२ गते १२ बजे सम्मको लागी लागु हुनेगरी लगाइएको शिल लाई आजको निर्णयले थप ५ दिन लम्बिने गरी यही जेष्ठ १७ गते राती १२ बजे सम्म अर्को सुचना जारी नहुन्जेल सम्मको लागी पनौती नगर क्षेत्र पुर्णरुपमा शिल गरिएको छ । 
दुग्ध पदार्थ सकलन केन्द्रमा किसानका लागी सहजताका लागी बिहान ५:३० देखी ६:३० सम्म र बेलुका ६:०० बजे देखी ७:०० बजे सम्मलाई दुध भर्ने समय निर्धारित गरिएको छ समय निर्धारित ।
नगरभित्र समुदायस्तरमै कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण तीब्ररुपमा बढ्दै गएपछि शिल गर्ने निर्णय गरिएको पनौती नगर प्रमुख भिम न्यौपानेले जानकारी दिनुभयो । उहाका अनुसार कोरोना महामारिलाई नितन्त्रणमा ल्याउन केहि हद सम्म सहज भएकोले थप ५ दिन को लागी शिल गर्नु परेको समेत जानकारी दिनुभयो ।
यो अवधिमा अस्पताल , औषधि पसल, र अन्य स्वास्थ्य संस्था/स्वास्थ्य सेवा प्रदायक र पशु औषधि पसल बाहेकका अन्य खाद्यान्न पसल, तरकारी , दुधजन्य पदार्थ , मासुजन्य , फलफूल र अन्य कुनै पनि ब्यवसयिक पसलहरु शिल गरिएको अवधि भर पूर्ण रुपमा बन्द गर्न नगरपालिकाले अपिल गरेको छ ।