काभ्रे,पनौती /कोभिड–१९(कोरोना भाइरस) महामारी तिब्र गतिमा फैलालिएसँगै जिल्लाका संक्रमण जोखिम क्षेत्रमा आजबाट कोरोना १९ को सम्भाबित सक्रमण रोकथान तथा नियन्त्रणको लागि मिति २०७८-०२-१२ राति १२:०० बजे सम्मको लागि थप कडाइका साथ निशेधाज्ञा जारि गरिएको छ ।
बिहान ६ बजे देखि १० बजे सम्म अत्याबश्यक खाध्यान्न बाहेक कुनै पनि पसल ब्यवसायहरु सन्चालनमा रोक लगाएको छ भने १० बजे पछि मेडिकल पसल बाहेक कुनै पनि पसल खोल्न पुर्ण रुपमा बन्द गरिएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्र अन्तरगत प्रहरी चौकी पनौतीले निषेधाज्ञाको पालना भए नभएको अनुगमन गरेको छ
आज पनौतिमा गरिएको अनुगमन अन्तरगत साझ केहि ब्यवसायिहरुले अटेर गरी पसल खोलेकाहरु लाई कारवाही स्वरुप जरिवाना समेत गरिएको जानकारी पनौतिका प्रहरी नायब निरिक्षक सन्तोष बानियाले बताउनु भएको छ । आजबाट जारी गरिएको निषेधाज्ञाको अनुगमन गर्दै अनावश्यक सञ्चालन गरिएका सवारी साधनलाई नियन्त्रणमा लिएको जानकारि समेत उहाले दिनु भयो ।
कोभिड–१९(कोरोना भाइरस) रोकथामको लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको प्रहरी चौकीले पनौती बसपार्कमा हेल्प डेस्क पनि सञ्चालनमा ल्याएको छ । उनका अनुसार कोरोना संक्रमण जोखिम न्यूनिकरणका लागि सञ्चालन गरिएको सचेतनामूलक कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।


