१६ वर्ष देखी नेपाली टेलिभिजनमा आफ्नै लेखन निर्देशनमा टेलिसिरियल निर्माण गर्दै आएका किशोर भण्डारी “डिट्ठा साब”को ‘अड्डा’ डिशहोमले कमेडी प्लस च्यानल नम्बर १०७ मा मंगलबार राती ९ बजे प्रसारण भएको छ ।
सामाजिक कथामा निर्माण हुने ‘अड्डा’ले हरेक मानिसको सरोकारको विषयवस्तु उठाउने छ । हरेक मानिस आफ्नो जीवनमा कुनै न कुनै रूपमा अड्डा पुगेकै हुन्छ । त्यसरी अड्डा पुग्दा कर्मचारीबाट गरिने व्यवहार कस्तो हुन्छ, सेवाग्राहीले सेवा पाउछन् कि दुःख । यी सबै बिषय रमाइलो ढंगबाट श्रृंखलामा देखाउने प्रयास गरिएको छ। लामो समयदेखि कमेडी श्रृंखलाहरुमा आफ्नो कलाकारिता पस्किँदै आएका भण्डारीको उपनाम नै ‘डिठ्ठा साप’बनेको छ । धेरैले उनलाई वास्तविक नामले भन्दा यहि परिचयले चिन्ने गर्दछन् ।
किशोरकै लेखन तथा निर्देशन रहने यो श्रृंखलामा प्रवेश पोखरेलको छायांकन, दुर्लभ श्रेष्ठको सम्पादन, समीर मिया को भिएफएक्स, वसन्त सापकोटाको स्वर संगीत, पुष्प अवस्थीको मुख्य सहायक निर्देशन, रेश्मा तिमल्सिना निर्देशन सहयोग रहको श्रृंखलामा किशोरको अलवा, रेश्मा तिमल्सिना ‘बुनुमैँचा’, कृष्ण भक्त महर्जन, राम प्र. जित्पुरे, लीला केसी, पुष्प अवस्थी, लक्ष्मीनाथ तिमल्सिना, विक्रमजङ शाह,अजय अधिकारी सुशील,सुशील फुयाल,कुशल खनाल,श्याम बहादुर समीर मिया, सुमा लामिछाने, कृष भण्डारी, शुभेच्छा पाण्डेय, सञ्जय लामालगायतको कलाकारको अभिनय देख्न सकिनेछ ।
महको मह चौतारी बाट अभिनय यात्रा सुरु गरेका किशोर ले तीतोसत्य, जिरे खुर्सानी मेरी बास्सै ५० चलचित्रमा अभिनय ‘५२ घुस्सा ५३ ठक्कर ‘टेलिसिरियलमा लेखन अभिनय गर्दा रेश्मा तिमल्सिना “बुनुमैचा” सँग भेट भएपछि हर्के हल्दार निर्माणसँगै डिट्ठा साब मा निर्देशन सहयोगी हुदै अड्डा सम्म साथ दिदै आएकी छिन् ।