पनौती,
एस. पी. आर.क्रियसन नेपालको आयोजना तथा पनौती नगरपालिकाको सहकार्यमा नव निर्वाचित जनप्रतिनिधी (पदाधिकारि)हरुलाइ ज्या पुन्ही (पनौती जात्रा) का अवशरमा बधाइ तथा शुभकामना एवं बिविध सांस्कृतिक कार्यक्रमको आयोजना गरियो । चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्य तथा बिकु नारायण खड्गीको सभापतित्व तथा बिशिष्ट अतिथि रबिन्द्र खड्का , अतिथि चलचित्र बितरक गोपाल कायस्ठ , अतिथि पनौति नगरपालिका प्रशासनिक प्रमुख प्रदिप पौडेल पौडेल , पनौति नगरपालिका बरिष्ठ प्रशासनिक अधिकृत इन्द्र प्रसाद अधिकारि , अतिथि साहित्यकार रुबि सत्याल ,पनौति नगरपालिकाका १ देखि १२ वडा सम्मका वडा अध्यक्षहरु क्रमस जय कुमार तमाङ, पुरूष्षोतम अधिकारि , बिष्णु प्रसाद सापकोटा, दिपक प्रसाद दाहाल, बिनोद खत्री , भिम प्रसाद आचार्य , सबिन तम्राकार , बेद प्रसाद बन्जारा , सहकुल हुमागाइ , मोहन भण्डारि , बिपेन्द्र लामा , र जयराम केसि को समुपस्थितीमा पनौतीस्थित कार्यक्रमको आयोजना गरियो ।



नेपाल खड्गी सेवा समिती पनौती शाखाका पदाधिकारीहरु रामकाजी ,दिल प्रसाद खड्गी ,चन्द्रबहादुर खड्गी र कृष्ण खड्गीले संयुक्त रुपमा ६५ साल मा बन्द अवस्थामा रहेको नायं खिं बाजालाई १४ बर्ष पछी कार्यक्रममा नायं खिं बाजा बजाएर औपचारिक रुपमा कार्यक्रमको उद्घाटन गरिएको थियो । नाय खिं बाजा बिशेष गरेर खड्गी समुदायमा शुभकार्य एवं दुःखद कार्यमा समेत उत्तिकै प्रयोगमा आउने गर्दछ । कार्यक्रममा एस.पी. आर . क्रियसनका तर्फबाट तीर्थभक्त स्याउला ले स्वागत मनतब्य राखेका थिए । कार्यक्रममा चलतित्र चलचित्रमा खलनायकी भूमिका निर्वाह गर्ने तर सार्वजनिक जीवनमा अत्यंत मिलनसार मुकुन्द थापा हास्यकलाकार तथा जादुगर महादेव त्रिपाठी बिश्वकै सवैभन्दा होचो ब्यक्तिको रुपमा परिचित मनोज गोर्खाली , लोक दोहरी गायिका पुजा पुरी , कर्ण राज गिरी उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले स्थानीय स्तरमा आयोजना गरिने यस्ता जात्रा (मेला) हरुले आन्तरिक पर्यटनलाइ बढाउनका लागि मद्धत गर्दछ । यहि पनौती नगरीमा जन्मिएर चलचित्र कर्मको माध्यमले देशबिदेशमा आफूलाइ चिनाउन पाउंदा अत्यंत गौरवान्वित महशुष हुने बताऊंदै आफ्नो तर्फबाट अझै यसको श्रीबृद्धिका लागि कुनै कसर बाकी नराख्नेा भन्दै आफ्नै गाऊँ टोल माटोले सम्झिएर निम्ता गरेकोमा कार्यक्रम संयोजक एवं एस.पि. आर. क्रियसन नेपाल डटकमका प्रबंध निर्देशक तथा कार्यक्रम संयोजक जीवन खड्गी प्रति हार्दिक आभार ब्यक्त गरेका छन्

यसैगरि पनौती नगरकपालीकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले पनौतिको ऐतिहासिकता र मौलिकता जोगाउंदै समग्र नगरको बिकाश का निमित्त स्रोत साधनको अधिकतम प्रयोग गरिने बताऊँदै बिश्व सम्पदा सूचीमा प्रस्तावित प्रागऐतिहासिक नगरी पनौतिमा १२बर्षमा मकर मेलाको आयोजना गरिन्छ भने स्थानीय जात्रा तथा मेलाको आयोजना गरि आन्तरिक पर्यटनलाइ प्रबर्द्वन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गर्ने गरिन्छ । यसै क्रममा चलचित्र बिकाश बोर्डका अध्यक्ष एवं प्रमुख अतिथि दयाराम दाहालले कला ,साहित्य र संस्कृति समाजको निर्देशक ऐना भएकोले यसको प्रयोगलाइ हलुका रुपमा बुझ्न नहुने बताए आफू पनि छिमेकी नगरपालीका बनेपानगरपालिका अन्तर्गत नाला मा जन्मिएकौ हुनाले समग्र काभ्रेको श्रीबृद्धिमा आफ्नो क्षेत्रबाट सकेको योगगदान गर्नुपर्ने कुरालाइ जोड़ दिएका छन् ।
कार्यक्रममा पनौती १० खोपासीमा जन्मिएर करिब २ दशक देखि साहित्यिक कर्ममा क्रियाशिल अछुत जून नामक कृति का सर्जक साहित्यकार रुबि सत्याललाइ मायाको चिनो स्वरुप कदर पत्र सहित सम्मान गरिएको थियो । सम्मान ग्रहण पश्चात साहित्यकार रुबि सत्यालले पनौतीले आफ्नो काखमा हुर्काएर जन्मथलोले यसरी सम्झिए पछि साहित्यले दिएको खुशी अनि पनौती नगरपालिकाले गरेको काब्बिक सम्मानका लागि आयोजक प्रति हार्दिक आभार ब्यक्त गरेकी छन् ।
कार्यक्रममा बिश्वकै होचा ब्यक्ति भनेर परिचित मनोज गोर्खाली प्रमुख आकर्षणका पात्र रहेका थिए भने कलाकार रोमा न्यौपाने द्वारा एकखुट्टाको भरमा नृत्य प्रस्तुत गरि दर्शकहरुको वाहवाही बटुलेकी थिइन् साथै हास्यकलाकार तथा जादूगर महादेव त्रिपाठीले जादु देखाएर दर्शकहरुलाइ मनोरंजन गराएका थिए ।



बिबिध सांस्कृतिक कार्यक्रम अन्तर्गत पूजा पुरी दोहोरी गायिका कर्णराज गिरी गायक, लोक गायिका सृजना श्रेष्ठ,रामहरि न्यौपाने , बिक्रम सुवाल , भगवान खत्री , बासुदेव पुलामी , प्रिजेन खड्गी , सुमित प्रजापति , दिनेश लामा , सन्तोष ढवाडी , लगायतले भरपुर मनोरंजन प्रदान गराएका थिए । रामगोपाल आशुतोष र गीता तिमल्सिना दाहाल ले संयुक्त रुपमा संतालन गरेको उक्त कार्यक्रममा कृष्ण तिमल्सिन, जीवन थापा, सुमन चापागाइ, कल्पना कार्कि, बिपना सिन्तान, तुलशा गिरि, नवराज फुयाल, गङ्गा खड्गि, रङ्गिता खड्गि, र सजना देउलाले कार्यक्रमको ब्यबस्थापन सम्हालेका थिए । एस पी आर क्रियसनका निर्देशक जीवन खड्गी बिगत २ दशक देखी आफुलाई कलाकारितामा समर्पित श्रस्ता हुन । उहाले अल नेपाल रियालिती टेलिभिजन कार्यक्रम एसपिआर सिङीन आइकन समेत सन्चालनमा ल्याइसक्नु भएको छ , त्यसका अलावा उहा कुसल स्क्रीप राइटर , डाइरेक्टर अनि नृत्यकार पनि हुन यस कार्यक्रममा उहाले उपस्थित सम्पूर्णलाई धन्यबाद ज्ञापन गरेका थिए ,