सारिका पराजुली नेपालि कलाकारिता क्षेत्रमा एक चिरपरिचित नाम हुन । पछिल्लो समयमा आफुलाइ म्युजिक भिडियोमा सफल नायिकाको रुपमा उभ्याउन सफल भएकि छिन । काभ्रेपलान्चोक जिल्लाको पाँचखालमा जन्मिनु भएकि मोडल शारिका सानै देखि केहि न केहि नौलो र नया कार्यमा आफुलाइ सकृय बनाउन मन पराउन्छिन ।

नाच्न गाउन र अभिनय गर्न भने पछि हुरुक्कै हुने शारिका स्कुल कलेजमा हुने प्राय कार्यक्रममा सहभागि भएकै हुन्छिन् ।पारिवारिक पृष्ठमा आफ्नो रुचि कलाकारितामा देखेर होला घर परिवारले पनि पुर्ण रुपमा साथ दिएको उनि निर्धक्क साथ बताउन्छिन । उनि भन्छिन यदि परिवारले साथ नदिएको भए आफ्नो परिचय मोडलको रुपमा नभै कुनै सिमित नाममा मात्र रहने थिए र परिवार इष्टमित्र नातागोताले मात्र शारिका भनेर चिन्थ्य होला । जे जस्तो भए पनि मेरो परिवारले म भित्रको कला लाइ चिनेर साथ दिनु भयो यो नै मेरो लागि परिवारको उपहार हो उनि भन्छिन ।

बिगत ४ बर्षदेखि नेपालि कलाकारितामा प्रबेश गरेकि शारिकाले यति छोटो समयमै आफुलाइ ब्यस्त बनाउन सफल भएकि छिन । पहिलो कलाकारितामा लघु चलचित्र बाट श्रीगणेश गरेकि शारिकाले कहिले पनि फर्केर हेर्नु परेन हुने बिरुवाको चिल्लो पाट भने झै पहिलो कार्य बाट नै आफ्नो कामको वाहि वाहि पाएकि शारिकाले लगतै म्युजिक भिडियोमा पनि काम पाइन । हसिलो अनुहार मिजासिलो र सस्कारि स्वभाबकि शारिकाको शारिरिक बनावत पनि स्वर्गकि परि भन्दा कम छैन । जो सङग पनि छिट्टै मिल्न सक्ने भएर होला प्राय कलाकाररितामा सबैको प्रीय नै छिन उनि । 
नेपालको कलाकारिताको इतिहासमा आफ्नो पहिचान बनाउन सफल भएकि शारिकाले ११ वटा लघु चलचित्र र १७ वटा म्युजिक भिडियोमा आफ्नो कुसल प्रतिभा देखाइ सकेकि छिन । आफ्नो शरिरले साथ दिउन्जेल यो कलाकारिता बाट पछि नहट्ने उनि बताउन्छिन । यसै क्षेत्र बाट नै भबिश्यमा नेपालि कलाकारितामा आफ्नो नाम उच्च राख्ने उनि बताउन्छिन ।