गीत
रुबी सत्याल
आफ्नै आँखा भित्रको आशु आफ्नै हुन्नरेछ
मुटुभित्र राखे पनि पराई आफ्नै हुन्नरेछ !!
बग्यो आशु सागर भेट्न् एक्लो पारी आज
बैगुनिको याद बोकी मुटु दुख्छ हरेक साझ !!
यै जूनीमा भेट्छु भन्थे गयो आज दिल टोडी
कसोगरी मन बुझाउ के मिल्यो र फूल गोडी !!
बिर्सनेलाई सम्झनाको एउटा फूल दिनु थियो
दिल चुडी लानेको एउटा तस्बिर लिनु थियो !!
गुनासोको पहाड छैन बैमानिलाई भुल्नु छैन
तिम्रो जस्तो बदलिने मेरो माया हुँदै हैन
बिपनामा जानेहरु सपनामा आउने गर्छन्
शायद प्यासी हुन्छन् र त यादमा छाउने गर्छन्
